सुनसरी क्षेत्र नम्बर-४ मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाइ पछि पार्दै एमालेका जगदिशप्रसाद कुसियैत

सुनसरी, १५ मंसिर । सुनसरी क्षेत्र नम्बर-४ मा गठवन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेकपा एमालेका जगदिशप्रसाद कुसियैत भन्दा २७ मतले पछाडी परेका छन् ।

यसअघि ८२ले पछाडी परेका कार्कीले कुसियैतसँग मतान्तर घटाउँदै लगेका छन् ।

पाँच दलिय गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् भने नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले २९ हजार ९६६ मत ल्याएका छन्