बार्सिलोना शीर्ष स्थानमा, मेस्सीको पुग्यो ५०० गोल

काठमाडौं । बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । रियल मड्रिडमाथि सनसनीपूर्ण ३—२ को जित हात पार्दै बार्सिलोनाले ला लिगाको उपाधि खुला गरेको छ र इएल क्लासिकोको विजेता थिए —लिओनल मेस्सी ।
मेस्सीले दुई गोल गरे, जसमा एक खेल सकिन मात्र १२ सेकेण्ड बाँकी रहँदा गरेको विजेता गोल पनि छ । यद्यपि उपाधि अझै रियल मड्रिडकै हातमा छ ।यति मात्र होइन, मेस्सीले बार्सिलोनाका लागि ५०० गोल गरेका छन् ।
मेस्सीलाई गोलले मात्र उत्कृष्ट बनाएको होइन, उनी रात भर धेर थोर अजेय अनस्टपेबल रहे ।
वैशाख ११ गते ।