पोखरा विमान दुर्घटनाका ४६ शव काठमाडौं ल्याइँदै
काठमाडौं, ३ माघ। पोखरामा भएकाे यती एयरलाइन्सकाे विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव केहीबेरमा काठमाडौं ल्याइँदैछ ।
पोखरामा सनाखत हुन नसकेका र विदेशी नागरिकका शव हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो । शव प्रहरी प्रतिष्ठान काठमाडौंमा राखिने छ ।
सनाखत भएका २४ शव पोखराबाटै आफन्तको जिम्मा लगाइँदैछ भने ४६ शव काठमाडौं ल्याउन लागिएको हो ।
दुर्घटनाग्रस्त विमानमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेकोमा २ जनाको अवस्था अझै अज्ञात रहेकाे छ । हालसम्म ७० जनाको शव फेला परेको छ ।
काठमाडौंबाट आइतबार बिहान साढे १० बजे पोखराका लागि उडेको यती एयरको आरटीआर विमान सेती खोंचमा दुर्घटना भएको थियो ।