चाइनिज पेस्तोल र ६ राउण्ड गोली सहित ईटहरीबाट दुई जना पक्राउ

सुनसरी, १९ माघ । सुनसरीकाे ईटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगराती र सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार र प्र.१-०२-०४३ प ६८९७ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले यस घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएकाे छ ।