नेकपा एसका सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना
काठमाडौं, २० माघ । नेकपा एसका सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् ।
भुसाल आफैले गाडी चलाएर तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो ।
पारिवारिक श्राेतका अनुसार ‘ड्राइभर साथमा राखेर आफै गाडी चलाएर जाँदै हुनुहुन्थ्यो । वहाँ एक्कासि बेहोस हुनुभएछ । त्यसपछि गाडी दुर्घटनामा परेको हो । अस्पताल लगेर चेकजाँच गराउँदा वहाँको अवस्था सामान्य रहेको बताइएको छ ।