राजनीतिक संयन्त्रको बैठक : पूर्ववत सहमति अनुसार अघि बढ्ने
काठमाडाैं, २९ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा गठबन्धन दल पूर्ववत सहमति अनुसार अघि बढ्ने छलफल भएकाे छ ।
बैठकमा उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा गठबन्धनलाई झन् बलियो बनाएर लैजानेबारे छलफल गरिएको बताए।
लिङ्देनका अनुसार बैठकमा सरकारका कामकारबाहीबारे पनि समीक्षा भएको छ। सरकारका कामकारबाहीबारे कहीँकतै कमीकमजोरी देखिए भने सुधार गर्दै लैजानेबारे कुराकानी भएको हाे।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देन थिए।