राष्ट्रपति समक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन ५ गते पेश गर्ने

काठमाडाैं ३ चैत्र । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने भएकाे छ । आयोगले चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन प्रतिवेदन पेश गर्ने भएकाे हाे ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगका अनुसार शुक्रबार सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

यस्तै उम्मेदवार अष्टलक्ष्मी शाक्य (बोहरा) ले १६ हजार ३२८ मतभार, ममता झाले २ हजार ५३७ मतभार र प्रमिला कुमारीले ४८ मतभार प्राप्त गरे ।

निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेको आयोगले जनाएको छ ।सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम छ ।