७४ स्थानको मत परिणाम घोषणा : ३० स्थानसहित एमाले पहिलो, २५ स्थानमा काँग्रेस र १७ स्थानमा माओवादी
काठमाडौँ । पहिलो चरणको निर्वाचन अन्तर्गत ३४ जिल्लाका २८१ स्थानमा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत अहिले सम्म ७४ तहको मतगणना सम्पन्न भएको छ जसमा नेकपा एमाले ले तीन नगरपालिका सहित ३० ठाउँमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली काँग्रेसले २५ स्थान,नेकपा माओवादी केन्द्रले १७ स्थान र दुई स्थानमा स्वतन्त्रले जितेका छन् ।
एमालेले अहिलेसम्म जितेका स्थानीय तहको विवरण :
महांकाल गाउँपालिका, ललितपुर
देवघाट गाउँपालिका, तनहुँ
गोसाइँकुण्ड गाउँपालिका, रसुवा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
काइके गाउँपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मुस्ताङ
मादी गाउँपालिका, कास्की
ढोरचौर गाउँपालिका, सल्यान
नारायण नगरपिलका, दैलेख
रूपा गाउँपालिका, कास्की
फेदीखोला गाउँपालिका, स्याङ्जा
हरिनास गाउँपालिका स्याङ्जा
तीला गाउँपलिका, जुम्ला
महाशीला गाउँपलिका,पर्वत
अदानचुली गाउँपालिका हुम्ला
भैरवी गाउँपालिका, दैलेख
भेरी नगरपालिका, जाजरकोट
आंधिखोला गाउँपालिका, स्यांग्जा
त्रिपुरा सुन्दरी, डोल्पा