नेपालमै भेटियो ओमिक्रोनका सक्रिय एक्सबीबी.१.१६ सहित ९ सबभेरियन्ट

काठमाडौं, २१ चैत्र । काेराेना भाइरस समूहका पछिल्लाेपटक सक्रिय एक्सबीबी.१.१६ सहित ९ सबभेरियन्ट नेपालमा पनि भेटिएकाे छ । यसमा पछिल्लो पटक भेटिएको एक्सबीबी.१.१६ सबभन्दा धेरै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको जीन सिक्वेन्सिङ गरिएकोमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको हाे ।

जसमा पछिल्लो पटक भारतमा कोरोना संक्रमण फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट छन् ।

२४ नमुनामध्ये ९ वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको मन्त्रालयले जनाएको छ । ओमिक्रोनकै दुई सबभेरियन्ट मिलेर बनेको यो भाइरस निकै संक्रामक मानिन्छ ।

हालसालै भारतमा संक्रमण बढाएको ओमिक्रोन एक्सबीबी.१.१६ करिव दुई सातामा यो संक्रमण पछि नेपाल भित्रिएको छ । याे स्थल मार्गबाट नेपाल आउनेहरुको नमुना परीक्षणले देखाएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा अबका दिनहरुमा कोरोना संक्रमण अझ बढ्ने देखिन्छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति