त्रिविका स्थगित क्याम्पसमा ३० गते चुनाव गर्ने ४ विद्यार्थी संगठनकाे सहमति

काठमाडौं, २३ चैत । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्थगित भएका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्न चार विद्यार्थी संगठन सहमत भएका छन् ।

विभिन्न कारणले स्थगित भएर चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी अनेरास्ववियू, नेविसंघ, अखिल र अखिल क्रान्तिकारीबीच सहमति भएको हो ।

तालाबन्दी र अन्य विभिन्न कारणले चुनाव हुन बाँकी रहेका क्याम्पसमा नयाँ कार्यतालिका प्रकाशित गरी चैत ३० गते मतदान गर्ने र यसबीचमा पनि चुनाव विथोलिने, तालाबन्दी गर्ने काम भए प्रशासनको सहयोगमा ताला खोली निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।

विज्ञप्तिमा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले हस्ताक्षर गरेका छन्।