गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

कास्की, १५ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिनुभएकाे छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।

मुख्यमन्त्री पाण्डेले आजै विना विभागीय दुई मन्त्री पनि नियुक्त गर्नुभएकाे छ । उहाँले माओवादीबाट शुशिला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई मन्त्रीको शपथ गराउनुभएकाे छ ।

पाण्डे नेपाली कांग्रेससहित तीन दलकाे समर्थनमा बिहीबार मुख्यमन्त्री बन्नुभएकाे थियाे ।