पाँचाैं दिनसम्म निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडाैं, २० वैशाख । नेप्से परिसूचक निरन्तर पाँचौ कारोबार दिन पनि ओरालो लागेको छ। नेप्सेसंगै काराेवार रकमपनि घटेकाे छ ।

यस दिन नेप्से परिसूचक ९.१८ अंक घटेर १८५७.२३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१९ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २६५ स्टकको १८ हजार ८७२ पटकको कारोबारमा ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको २१ लाख ५५ हजर कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ७३ स्टकको मात्र मूल्य बढेको छ। जसमध्ये आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.०९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य ५.६६ प्रतिशत बढेको छ। यस दिन १७६ स्टकको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र हिमाल दोलखा हाइड्रोपावरको २ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ।