सुर्खेतकाे वीरेन्द्रनगरबाट अवैध लागूऔषधसहित तीनजना पक्राउ
सुर्खेत, २६ वैशाख । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाबाट अवैध लागूऔषधसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश आचार्यलगाएत प्रहरीले पक्राउ गरेको हाे।
प्रहरीले सोही नगरपालिका-३ प्रगतिनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-३ घर भएका ३५ वर्षीय सलिम हलुवाईलाई पक्राउ गरेको छ ।
यसैगरी सोही नगरपालिका-४ भैरवस्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय दिपक पन्तलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेकाे जनाएकाे छ ।