नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू

काठमाडौं, २८ वैशाख । नेकपा एमालेकाे केन्द्रीय कमिटीकाे बैठक आजदेखि सुरु हुँदैछ ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुने भएकाे हाे ।

यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले केन्द्रीय कार्यालय च्यासलमा बस्नलागेका हुन् ।

बैठक २८ देखि ३० वैशाखसम्म चल्ने नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको छ ।