प्रभु क्यापिटल लि.को विशेष साधारणसभा
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडलको विशेष साधारण सभा हालै काठमाडौंमा सम्पन्न गरेको छ । कम्पनिको संचालक समितिका अध्यक्ष बिनोद थकालीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभामा संस्थाका शेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको उपस्थिती थियो । सभामा कम्पनीको ५१ प्रतिशत शेयर श्री प्रभु बैंक लिमिटेडले खरिद गरि प्रभु क्यापिटल लिमिटेडलाई विधिवत सहायक बनाएको घोषणा गरिएकोछ । उक्त विशेष साधारण सभामा संस्थाको पुंजी वृद्धि गरि २१ करोड पु¥याउनका लागि १ ः २ को अनुपातमा हकप्रद शेयर जारी गर्ने तथा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गरेको छ ।