पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
रुपन्देही, २१ जेठ । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्वरको जीप आइतबार साँझ पाल्पाकाे रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जना घटनास्थलमै मृत्यु भएको, १५ जना घाइते भएको ईलाका प्रहरी सालझण्डीले जनाएकाे छ ।
घाईतेहरुलाई स्थानीयबासी, ईलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र ईलाका प्रहरी सालझण्डीबाट खटपएकाे प्रहरीले उद्धार गरी उपचारको लागि बुटवल पठाएको छ। मृतकहरुको पनि पोष्टमार्टमको लागि बुटवल पठाएको छ ।
मृत्यु हुनेहरु मध्ये जीप चालक एक उनको नाम खुल्न सकेको छैन भने अन्यको पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार जीप अत्याधिक लोड भएकोले साँघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको जनाएकाे छ । जीप सडक बाट करिब ७० मिटर तल खसेको बताएको छ ।