आन्दोलनको नाममा अराजक मच्याउने छुट कसैलाई छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २६ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभाको बैठकमा पहिचानवादीहरूकाे आन्दोलनका नाममा अराजक र असंवैधानिक गतिविधिहरु भएको भन्दै अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याउने बताउनुभयाे ।

उहाँले एमाले नेताहरुमाथि पहिचानवादीहरुले गरेको आक्रमणको बिषयमा प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिनुहुँदै अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याएको बताउनुभयाे ।

कोशी प्रदेशको नाम लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएपछि एमालेले सरकारको जवाफ मागेको थियो ।

गृहमन्त्री श्रेष्ठले अराजक गतिविधिलाई सरकारले छुट नदिने र आन्दोलनकारिलाई सरकारले जनाकारी गराइसकेकाे बताउनुभयाे ।