राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट ५० हजार घुससहित पक्राउ

काठमाडाैं, २६ जेठ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्नोलोजिस्ट ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई ५० हजार रूपैँया घुस लिएको अभियोगमा पक्राउ गरेको हाे ।

उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आज शुक्रबार रकमसहित काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

भट्टराईले ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई शङ्खमूलबाट पक्राउ गरेको हो ।

आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।