सुनको मूल्य आजपनि बढ्याे, चाँदी पनि महँगियो
काठमाडौँ, ४ साउन । स्थानीय बजारमा साताको दोस्रो कारोबार दिन सोमबार बहुमूल्य धातु सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य ८० रुपैयाँले बढेको हो।
महासङ्घले सार्वजनिक गरेको पछिल्लो विनिमय दर अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार ६०० कायम गरिएको छ। आइतबार छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजारमा कारोबार भएको थियो। पछिल्लो दुई दिनदेखि सुनको मूल्यमा निरन्तर वृद्धि देखिएको छ ।
चाँदीको मूल्यमा पनि आज बढोत्तरी भएको छ। सोमबार चाँदी प्रतितोला ८० रुपैयाँले बढेर रु ४ हजार ३२० मा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला रु ४ हजार २४० रहेको थियो।