निरन्तर बढ्यो नेप्से, शेयर बजारमा ३ अर्ब ५४ करोडकाे कारोबार
काठमाडाैं, २ असार । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिनपनि उकालाे लागेकाे छ । मंगलबार नेप्से परिसूचक ९.९१ अंक बढेर २१५४.०७ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ।
यस दिन २५५ स्टकको ५६ हजर ४७६ पटकको कारोबारमा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको ८६ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे। त्यसैगरी, यस दिन शुभम् पावर र युनिलिभर नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सानिमा लर्ज क्याप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ५.१४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन २१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब १८ करोडको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।