डिशहोम गो एपमा चर्चित कोरियन सिरिजको मेला
काठमाडाैं, ११ साउन । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले कोरियन सिरिज दर्शकमाझ लिएर अएकाे छ ।
विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहेकाेले डिशहोम गो एपमा कोरियन सिरिजहरु समावेश गरेको छ ।
यी कोरियन सिरिजहरुले नेपाली दर्शक लाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास डिशहोम कम्पनीले लिएको छ ।
यस्तै डिशहोमको गो एपमा १५० भन्दा वढि लाईभ टिभी च्यानलहरु पनि हेर्न सकिन्छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्नसकिन्छ ।
डिशहोम गो एपमा लाइभ टिभि संगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ ।
ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना वनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।