शेयर बजारमा नेप्से परिसूचक २९.७१ अंक घट्याे

काठमाडाैं, ११ साउन । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।  नेप्से पछिल्लाे तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेकाे छ ।
बिहीबार नेप्से परिसूचक २९.७१ अंक घटेर २१२६.४८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२६ अंक घटेको छ ।
यस दिन २७१ स्टकको ४४ हजार ६७२ पटकको कारोबारमा २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य सर्वाधिक ७.३९ प्रतिशत बढेको छ। त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त, इमर्जीङ्ग नेपाल र अभियान लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन साढे १० करोडको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.६५ प्रतिशत घटेको छ।
त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विका सबैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।