ओलीले राष्ट्रिय हितमा काम गरे, प्रचण्ड राष्ट्रवादी नेता होइनन् : बैद्य

Mohan-

चितवन । पुष्पकमल दाहाल प्रचण्डको सरकारले देश र जनताको पक्षमा काम गर्ने लक्षण नदेखिए पनि जनताको पक्षमा काम गरे धन्यवाद दिने नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले बताउनुभएको छ । भरतपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता बैद्यले ओली सरकार हटेपछि भारतीय मिडियामा आएको समाचारले यो सरकारबाट धेरै आशा भने नराखेको बताउनुभयो ।

‘ओली गएर नयाँ सरकार बन्दै गर्दा भारतीय सञ्चार माध्यमहरुमा हर्षका खवरहरु छाएको थियो। त्यसले यहाँको पुष्पकमल दाहालजी खाँटी राष्ट्रवादी भएको भए त्यसो हुन नपर्ने, बैद्यले भन्नुभयो। सरकार बनेपछि दाहालसँग कुनै सम्पर्क नभएको र भएमा जनता, सुकुम्वासी तथा राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्न आग्रह गर्ने उहाँले बताउनुभयो ।

‘नाकाबन्दीका बेलामा अडान लिएर चीनसँग पारवहन सम्झौता गरेर केपी ओलीले गरेका कामलाई हामीले पनि ठिकै भनेका थियौं। प्रचण्डजी प्रधानमन्त्री दाहालले के गर्नु छ त्यो केही समयमा देखिहाल्छ। तर देश र जनता, राष्ट्र र राष्ट्रियताको सर्वोपरी हितकालागि यो सरकारले काम गर्न सक्दैन भन्ने हाम्रो ठहर हो’, बैद्यले भन्नुभयो। नयाँ जनवादी क्रान्ति भएमा मात्रै यो काम सम्भव हुने आफ्नो पार्टीको नीति रहेको उहाँले स्पष्ट गर्नुभयो ।