अपहरणमा परेकी ५ वर्षीया बालिका स्पर्श अपहरण मुक्त
मोरङ । भारतको बिहारबाट अपहरणमा परेकी ५ वर्षीय बालिका स्पर्श अग्रवाललाई नेपालको सिआईबी र क्षेत्रीय अनुसन्धान समुहको संयुक्त टोलीले मोरङको पथरीबाट आज बिहान ६ बजे अपहरण मुक्त गरेको छ । अपहरणमा संलग्न दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ ।
बिहार राज्यको कुर्सेला जिल्लाको कटिहारबाट अपहरण गरी बालिकालाई नेपालमा ल्याएर बन्धक बनाई राखिएको थियो । साढे ४ वर्षका बालिकालाई उनको स्कुलका पूर्व बस चालकले अपहरण गरी नेपाल ल्याएका थिए ।
बिहारको एनबिआर स्कुलमा कक्ष केजीमा पढ्ने स्पर्शलाई स्कुलबाट घर फर्किंदा पूर्व चालकले बिहीबार अपहरण गरेका थिए । अपरणकर्ताले परिवारसँग एक करोड भारतीय रुपैयाँ फिरौती मागेको थियो ।
साउन २४ गते ।