रियो ओलम्पिकमा अमेरिकालाई १६ स्वर्णसहित ३८ पदक

रियो ओलम्पिकमा अमेरिकालाई १६ स्वर्णसहित ३८ पदक
रियो । रियो ओलम्पिकमा ३८ पदकसहित अमेरिकाको अग्रता कायमै छ । गएरातिसम्मको खेलमा अमेरिकाले १६ स्वर्णसहित ३८ वटा पदक जितेर पहिलो स्थान कायम गरेको छ । चीनले ११ स्वर्णसहित ३० पदक प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने जापानले ७ स्वर्ण पदकसहित २२ पदक जितेर तेस्रो स्थान कायम गरेको छ । ओलम्पिकमा भाग लिएका देशहरुमध्ये अहिलेसम्म ५० देशले पदक प्राप्त गरेका छन् । ओलम्पिकमा सहभागी नेपालले अहिलेसम्म कुनै पनि पदक पाउन सकेको छैन ।
साउन २८ गते ।