हातमै हराउने हाइकु — सुनिल पुरी

haiku

केही समययता सबैले एउटै प्रश्न सोध्छन्, ‘ यति सानो संग्रह किन निकालेको रु’ हुन पनि साहित्यकार सुनील पुरी, ५१, को हाइकुसंग्रह गाभा सिमकार्डजत्रो छ । यसको उचाइ १ से न्टिमिटर छ भने चौडाइ १।५ । नेपालकै सानो पुस्तक दाबी गरिएको ६४ पृष्ठको संग्रहमा ५१ वटा हाइकु छन् । यसको मूल्य २५ रुपियाँ छ ।

यति सानो पुस्तक छाप्न पनि उनलाई हम्मेहम्मे पर्‍यो । उनले उपत्यकाका ३०र३५ वटा छापाखाना चहारे । तर, कसैले छाप्न मानेन । अन्त्यमा शब्दघर छापाखाना, बागबजारलाई बल्लबल्ल मनाए । छापाखानालाई कति गाह्रो भयो भने पाँच सय थान पुस्तक निकाल्न केही महिना लाग्यो । उसो त आकारसँग साहित्यको कुनै सम्बन्ध छैन । सुनील आफैँ पनि आकारभन्दा विचारलाई नै महत्त्व दिन्छन् । तैपनि, साहित्यमा कहिले काहीँ रोचक प्रयोग भइरहन्छ । खासमा हातमै हराउने हाइकु पुस्तक निकाल्न लगाउने को हो ? भन्छन्, “मेरो सानो छोरा शुभमले साना–साना आकारका डमी बनाएर देखाउँथ्यो । त्यसले नै मलाई नौलो काम गर्न उक्सायो ।”

साउन ३२ गते ।