मंसिरमै स्थानीय चुनाव गराउनैपर्ने एमालेको निर्णय, देशव्यापी कार्यकर्ता परिचालन गरिने

CPN-UML-party-office
काठमाडौं । प्रचण्ड गठबन्धन सरकारले आगामी चैततिर स्थानीय तहको चुनाव गराउने प्रस्ताव गरेकोका कडा आपत्ति जनाउँदै नेकपा एमालेले आगामी मंसिर महिनामै स्थानीय तहको चुनाव गराउन सरकारलाई कडा दबाव दिने निर्णय गरेको छ ।
एमाले स्थायी कमिटीको बैठकले सरकारलाई दबाव दिन पूरै पार्टी पंक्ति परिचालन गर्ने निर्णय समेत गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले आगामी मंसिरमा स्थानीय निकायको, वैशाखमा प्रादेशिक र अर्को मंसिरमा केन्द्रीय चुनाव गराउने निर्णय गरेको थियो । तर, कांग्रेस र माओवादी गठवन्धनको नयाँ सरकारले चैतमामात्रै स्थानीय चुनाव गराउने तयारी गरेको छ ।
मंसिरमा चुनाव नगर्ने सरकारको तयारीलाई एमालेले संविधान कार्यान्वयन नगर्ने षडयन्त्र भन्दै आएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले एमाले सरकारको योजना कार्यान्वयन गर्न दबाव दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । ।

उहाँले दबाव अभियान अन्तर्गत देशव्यापी कार्यकर्ता परिचालन गरिने जानकारी दिनुभयो ।

भदौ १ गते ।