सुनको मूल्यमा १३ सय रुपैयाँको गिरावट, चाँदी पनि सस्तियो
काठमाडौँ, १२ जेठ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। सोमबार प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासङ्घले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।