सिल्क रोड चेम्बरबाट नेपालले फाइदा लिन सक्नुपर्छ — डा. राजेशकाजी श्रेष्ठ, अध्यक्ष,नेपाल चेम्वर अफ कमर्श

के हो सिल्क रोड परिषद् ?
नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद्को स्थापनाबाट सिल्क रोडले जेडिएका मुलुकहरुमा हुने गतिविधि र विकासबाट नेपालले लाभ लिन सक्ने गरी कार्यहरु अगाडी बढाउने अवधारणा हो ।
सिल्क रोड परिषद् किन ?
मित्रराष्ट्र चीन सरकारबाट अगाडी ल्याएको पुरानो सिल्क रोड पुनः सुचारु गरी ‘वान वेल्ट वान रोड’ अवधारणालाई मध्येनजर गर्दै नेपाल–चीन उद्योग वाणिज्य संघले मेरो अध्यक्षतामा १७ सदस्यीय नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद गठन गरेको छ । नेपाल सिल्क रोडको अवधारणामा सहभागि हुने भए पश्चात सिल्क रोडको महत्वलाई ध्यानमा राखी सिल्क रोड चेम्बर गठन गरिएको हो ।
यसमा को को हुनुहुन्छ ?
सिल्क रोड परिषदमा अध्यक्षकारुपमा म र सदस्यहरुमा क्रमशः त्रिभुवनधर तुलाधर, विनोद बहादुर श्रेष्ठ, सुरेन्द्र वीर मालाकार, रण बहादुर श्रेष्ठ, राजेन्द्र मल्ल, उपेन्द्र पौड्याल, प्रसिद्ध बहादुर पाण्डे, किरण प्रकाश शाखः, अर्जुन प्रसाद शर्मा, उमेश लाल श्रेष्ठ, आर.वी. रौनियार, प्रकाश सिंह कार्की, विष्णु खत्री, डा. हसिश चन्द्र शाह, संजय अग्रवाल र जियाङ सिं पिङ रहनु भएको छ ।
यसले के गर्दछ ?
नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद्को स्थापनाबाट सिल्क रोडले जेडिएका मुलुकहरुमा हुने गतिविधि र विकासबाट नेपालले लाभ लिन सक्ने गरी कार्यहरु अगाडी बढाउने छ । यसकासाथै यसले यातायत संजाल, रेल, समुन्द्री मार्गबाट जोडिनुका साथै क्षेत्रीय व्यापार, लगानी, पर्यटन, उर्जा आदी क्षेत्रको विकासमा एकजुट भई सम्पूर्ण क्षेत्रले नै सम्बृद्धि हाँसिल गर्ने छ ।
यसका कस कसको सहभागिता छ ?
सिल्क रोडमा एसिया, गल्फ तथा युरोपका राष्ट्रहरु समेत समावेश भई विकासका अवधारणाहरु अगाडी बढाउने भएकोले यातायत संजाल, रेल, समुन्द्री मार्गबाट जोडिनुका साथै क्षेत्रीय व्यापार, लगानी, पर्यटन, उर्जा आदी क्षेत्रको विकासमा एकजुट भई सम्पूर्ण क्षेत्रले नै सम्बृद्धि हाँसिल गर्ने छ । उक्त क्षेत्रहरुमा जनस्तर तथा सांस्कृतिक सम्बन्धको समेत अभिबृद्धि हुने देखिएको छ ।