दुई लाख ९६ हजारको निःशुल्क आँखा जाँच

दाङ, ६ भदौ । यहाँ सञ्चालन भएको सामुदायिक आँखा सेवा कार्यक्रमअन्र्तगत दुई लाख ९६ हजार २२० जनाको निःशुल्क आँखा जाँच गरिएको बताएको छ ।
राप्ती आँखा अस्पताल रक्षाचौर दाङले दाङ, रोल्पा, सल्यान, रुकुम, प्युठानलगायतका क्षेत्रमा पुगी एक वर्षमा सो कार्यक्रम गरेको राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक नेत्र सहायक शालिकराम गौतमले जानकारी दिनुभएको छ ।
जसअन्तर्गत ३१ हजार ४८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । अस्पतालले ९५ हजार ९९६ जना विद्यार्थीलाई आँखा स्वास्थ्य शिक्षा दिएको छ ।
त्यस्तै १७६ जना स्वास्थ्य चौकी प्रमुख, ३५७ जना महिला स्वास्थ्य स्वयम्सेविका, १३९ जना औषधि बिक्रेता, ७३ जना धामीझाँक्री, ४९ जना शिक्षक र २२ जना स्वयम्सेविका गरी एक हजार ९४ जनालाई प्राथमिक आँखा उपचारसम्बन्धी तालिम दिएको गौतमले जानकारी दिनुभयो ।
अस्पतालले सन् २०२० सम्ममा उपचारबाट हट्न सक्ने अन्धोपन निवारणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दैै आएको छ ।