सभामुखको ठाडो आदेशमा चारजना कर्मचारी नियुक्त

 

;efd'v ;~rf/sdL{;Fu ;efd'v cf]g;/L 3tL{ z'qmaf/ a:g] elgPsf] Joj:yflks–;+;bsf] a}7s :ylut ePkl5 ;~rf/sdL{;Fu s'/f ub}{  . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । सभामुख ओनसरी घर्तीमगरको ठाडो आदेशमा संसद् सचिवालयमा चारजना कर्मचारी नियुक्त गरिएको छ । आर्थिक मितव्ययिता कायम गर्न खाजा र खानाको कुपन बन्द गरेको दाबी गर्ने सभामुख घर्तीमगरले कर्मचारी भर्ती गर्दै संसद् सचिवालयको आर्थिक भार बढाउने काम गर्नुभएको छ । उहाँका जिल्लाका दुईसहित चारजनालाई ठाडो आदेशमा संसद् सचिवालयमा करारमा नियुक्त गरिएको हो ।
संसदमा १४ जना कार्यालय सहयोगी करारमा कार्यरत रहेकै बेला सभामुख घर्तीले ती चारजनालाई नियुक्त गरिएको हो ।

यसअघि पनि सभामुख घर्तीले कानुनी सल्लाहकार, प्रेस सल्लाहकार र एकजना स्वास्थ्य विज्ञ नियुक्त गर्नुभएको थियो ।
झन्डै नौ वर्ष सभामुख बनेका सुवास नेम्बाङले एकजना पनि विज्ञ नियुक्त नगरेको सचिवालयमा सभामुख घर्तीले एकपछि अर्को गर्दै कार्यकर्ता नियुक्त गर्न थालेको भन्दै संसद्का उच्च अधिकारी आश्चर्य व्यक्त गर्न थालेका छन् । ‘विगतमा यस्तो थिएन, तर अहिले त एकपछि अर्को नियुक्तिले सचिवालयमा आर्थिक भार बढ्दै गएको छ,’ सचिवालयका एक वरिष्ठ अधिकारीले भने ।