स्याङ्जामा मुसलधारे पानीपछि गएको पहिरोले एकै परिवारका चारजनाको ज्यान लियो

स्याङ्जा । गएराति मुसलधारे पानीसँगै खसेको पहिरोले एक घर पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ–७ ताप्केमा एकै परिवारका चारजनाको ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार राति साढे १ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिएर ७८ वर्षीया चन्द्रकुमारी सारु, निजकी नातिनी ३० वर्षीया हुमकला मश्राङ्गी, हुमकलाकी छोरी सात वर्षीया पुनम मश्राङ्गी र १ वर्षीय छोरा मिलन मश्राङ्गीको ज्यान गएको हो ।
राति नै वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पहिरोमा पुरिएका शव निकालेर अहिले शवपरीक्षणका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।