छक्का–पञ्जामा बेरोजगारी पीडा

काठमाडौ। दीपकराज गिरी तथा दीपाश्री निरौला लगायतका हाँस्य कलाकारहरुको टीमले निर्माण गरेको तेश्रो चलचित्र छक्का पञ्जा आज शुक्रबारबाट अलनेपाल रिलिज भएको छ। यसअघि सोही टीमले निर्माण गरेको ६ एकान ६ र वडा नंबर ६ को व्यापक सफलतावाट हौसिएर निर्माण गरिएको चलचित्र छक्का–पञ्जाले पनि प्रदर्शनको कीर्तिमान कायम गर्ने आशामा निर्माण टीम रहेको छ।
चलचित्र छक्का–पञ्जाको निर्देशन दीपाश्री निरौलाले गरेकी छन्। यस चलचित्रको लेखन दीपकराज गिरीको रहेको छ। करिब पाँच महिना लगाएर चलचित्र छक्का–पञ्जा लेख्दै–च्यात्दै लेखेको कारण बडा मेहनत गरेर स्क्रीप्ट तयार भएकोले चलचित्र अवश्य पनि राम्रो भएको दावी छक्का–पञ्जामा प्रमुख अभिनेता समेत रहेका दीपकराज गिरीले दावीकासाथ भनेका छन्।
छक्का–पञ्जाको कथावस्तु विशेषत बेरोजगारीको पीडा र बैदेशिक रोजगारीको कथालाई रोचक ढंगवाट उत्थान गरिएको छ। नेपालभरका ८० हलवाट एकसाथ रिलिज गरिएको यस चलचित्रमा प्रियंका कार्की, दीपकराज गिरी, जीतु नेपाल, बुद्धि तामाङ्ग, शिवहरि पौडेल, केदार घिमिरे माग्नेबूढा, बर्षा राउत, नम्रता सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २४ गते शुक्रबार ।