नेपालको अर्थतन्त्र इतिहासकै कमजोर अवस्थामा : श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले नेपालको अर्थतन्त्र र आर्थिक वृद्धिदर यतिवेला इतिहासकै कमजोर अवस्थामा रहेको बताउनुभएको छ । उहाँले गत बर्षको विनासकारी भूकम्प, भारतको नाकावन्दी र तराई आन्दोलनकाकारण झण्डै छ महिनासम्म आर्थिक गतिविधि प्रभावित हुँदा यस्तो भएको बताउनुभयो । यस्तो अवस्थामा वल्लतल्ल अर्थतन्त्रमा रक्तसञ्चार हुन लागेकावेला फेरि सरकार परिवर्तनको प्रभाव परेको उहाँले स्पष्ट गर्नुभयो ।
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो,अहिले मुलुकको अर्थतन्त्र कमजो र अप्ठ्यारो अवस्थामा छ । गतबर्षदेखि नै एकपछि अर्को गर्दै उत्पन्न भूकम्प, नाकावन्दी, तराई वन्द जस्ता कारणले अर्थतन्त्रलाई सहजरुपमा चल्न दिएन । जसकाकारण मुलुकको आर्थिक वृद्धिदर नै खुम्चिएर शुन्य दशमलव ७७ प्रतिशतमा सिमित हुनपर्ने अवस्थामा आइपुग्यो । जसले गर्दा मुलुकको अर्थतन्त्रलाई गंभिर धक्का लागेको छ । विगतमा म अर्थमन्त्री हुँदा मुलुकले एउटा गति लिइसकेको थियो । अव आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्दछ ।
मुलुकको वकास र परिवर्तनकालािग आवश्इक मार्ग चित्र कोर्ने र त्यसको कायाृन्वयनकालाग सक्दो पहल गर्ने नै मेरो प्रमूख कार्य हो । सरकारले दिएको निर्दिष्ट लक्ष् पुरागर्न म कटिवद्ध भएर लाग्ने छु । काम गर्दा संभव हुने काम तत्कालै र नहुने कामलाइ विस्तारै गदै जानु पर्दछ । म यही मान्यता अनुसार अगाडि बढ्दछु ।
यस वारेमा कुनै ठोस निर्णय भएको छैन । राजनीतिक तहमा यो बिषय अठेको पनि छ । अहिलेको मुलुकको प्मूख कागहरुलाई समेटेर पुरक बजेट ल्याउँदा राम्रो हुन्छ भन्ने मेरो प्रष्ट भनाई छ । गर्न नसक्ने धरै कमहरुलाई समेटेर अगाडि बढ्नु भन्दा सक्नेकामलाई प्राथमिकता दिएर अगाडि बढ्दा राम्रा हुन्छ भन्ने मेरो विश्वास हो ।
यसले तत्काल बजेट कार्यान्वयनमा कुनै बाधा परेको छैन । विनियोजन विधेयक अनुसार बजेट खर्च हुन्छ । ऋण अहिले लिनुपर्ने अवस्था छैन । सरकारी ढुकुटिमा पर्याप्त पैसा वचत छ । अहिले नै ऋण लिननपर्ने भएकोले त्यसले तत्काल कुनै बाधा गर्दैन । त्यस वाहेक कर अशुलीको कुरा छ । बजेट सार्वजनिक भएकै दिन सामुहिक कर अशुली ऐन लागु भएकोले अहिले त्यसमा पनि कुनै अप्ठ्यारो छैन । त्यही ऐन अनुसार कर अशुली हुन्छ ।
अहिले भुकम्पपछिको पुनःनिर्माण मुलुकको प्रमूख कार्य हो । यसतर्फ सवैको ध्यान जानु पर्दछ । अर्को कुरा सन्तुलिन विकासको आवश्यकता छ । सन्तुलिन भन्नाले मधेश, पहाल, हिमाल, पुर्वाधार निर्माण जस्ता कुराहरु नै हुन् । मुलुकमा शान्तिको सुनिश्चिततागरी लागनी र आर्थिक कृयाकलपापको वृद्धिगर्ने, वन्दहड्तालको अन्त्य गरी निर्माण मुखी र लगानी मुखी तथा उत्पादनमुखी र आयमुखी अवसर सृजनागर्ने खालको काम गरिनु पर्दछ ।
हेर्नुस हाम्रो राजनीतिक अस्थिरता र दलगवत राजनीति हावी हुने, मन्त्रिमण्डल छिटो छिटो वदलिने, त्यसपछि मन्त्रि फेरिने र त्यसवाट कर्मचारी वदलिने परिपार्टी छ । कतिपय मन्त्रलायका सचिव नै बर्षमा दुई तिन पठटक फेरिन्छ । यसलेगर्दा जिम्मेवारीपनको कमी भयो । आत्मवन घटायो व्यूरोकेसिको । समयमा अख्तियारी माथिल्लो हाकिमले तल्लो हाकिमलाई नदिने र अन्तिममा मात्रै दिने परिपार्टी छ । आर्थिक विकासलाई नै मुल एजेण्डा वनाएर पूर्णतया समर्पिण भावकासकाथ कामगर्न सक्ने वातावरण नेतृत्वले सिर्जना गर्नु पर्दछ ।