निमोनिया निको भएपछि हिलारी पुन चुनावी अभियानमा

maitrinews

hillary

अमेरिका । अमेरिकी राष्ट्रपति पदको लागि डेमोक्रेटिक पार्टिकी उम्मेदवार हिलरी क्लिन्टन, श्वासप्रश्वाससम्बन्धी रोग निमोनियाबाट निको भएपछि पुन चुनावी प्रचारप्रसारमा फर्किनुभएको छ ।
उहाँ पुनः अभियानमा फर्कँदा आफुले असाध्यै राम्रो अनुभव गरेको बताउनुभयो
नर्थ क्यारोलाइनास्थित ग्रीन्जबरामा समर्थकलाई उहाँले विरामीबाट तङ्ग्रिनको लागि घरमा बस्दा आफुले चुनावी अभियानको शान्त समीक्षा गर्ने दुर्लभ मौका पाएको बताउनुभयो ।
श्वासप्रश्वाससम्बन्धी रोग निमोनिया देखिएपछि तीनदिन आफ्नो चुनावी प्रचार प्रसारबाट बिदा लिएर बसेकी हिलरीले त्यसयताको आफ्नो पहिलो र्याली सम्बोधन गर्दै यस्तो बताउनुभयो ।
चिकित्सकले उहाँ स्वस्थ्य र तन्दरुस्त भनेको भोलिपल्ट चुनावी अभियानमा फर्कनुभएको हो ।

चिकित्सकले दिएको रिपोर्ट अनुसार उहाँको कोलेस्ट्रोल र मुटुको धड्कन सबै सामान्य अवस्थामा छन्।
नर्थ क्यारोलाइनामा समर्थकलाई सम्बोधन गर्दै उहाँ विरामीबाट तङ्ग्रिनका लागि घरमा आराम गर्दा आफ्नो चुनावी प्रचारप्रसार कस्तो भइरहेको छ भनेर समीक्षा गर्ने एउटा दुर्लभ अवसर पाएँ भन्नुभयो ।