अर्जन वर्णवाललाई दोस्रो मिस्टर बुल्समेनको उपाधि

काठमाडौँ । मोसफलकै सर्वाधिक पुरस्कार राशीको दोस्रो मिष्टर बुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिरका अर्जुन वर्णवालले जितेका छन् ।
ओभरअल फाईनलमा उनले अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै उनले नगद १ लाख ५५ हजार ५ सय ५५ राशीसहितको ट्रफी उचाले । उनी ७५ केजी तौल समूहमा समेत स्वर्ण पदक जितेका थिए ।
उपाधिको लागि पहिलो संस्करणका विजेता रामबहादुर दाहालले पनि प्रतिस्पर्धा गरेका थिए । तर, उनीसँगै भर्खर भुटानमा सम्पन्न ५० औं एशियन च्याम्पियनसिपमा ७५ केजी तौलमा स्वर्ण पदक जितेका महेश्वर महर्जनले समेत प्रतिस्पर्धा गरेका थिए । दुवैको चुनौतिलाई पन्छाउँदै वर्णवालले उपाधि चुम्न सफल भए ।
५५ केजी तौलबाट कमल भण्डारीले फाईनल प्रतिस्पर्धामा उत्रिएका थिए । स्वर्ण पदक जितेका उनले नगद १५ हजार रुपैयाँ पाए । त्यसैगरी ६० केजी तौलमा ।सन्जीव श्रेष्ठ स्वर्ण जित्दै फाइनल प्रतिस्पर्धामा उत्रिए । ६५ केजी तौल समूहमा प्रथम मिष्टर बुल्समेन रामबहादुर दाहालले उपाधिको लागि चुनौति पेश गरेका थिए । ७० केजी तौलमा रामहरि खनालले स्वर्ण पदक जिते । ७५ केजी तौलमा महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भए तर उपाधिबाट भने विमुख नै रहे ।
असोज २ गते ।