संविधान संशोधनको विपक्षमा मत हाल्ने काँग्रेस नेत्री सुजाताको चेतावनी

sujata

विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान संशोधनले देशमा किचलो र अस्थिरता निम्त्याउने भएकाले तत्काल संशोधन आवश्यक नरहेको बताउनुभएको छ । सोमबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोइरालाले पार्टी नेतृत्वले संविधान संशोधनमा माओवादीसँग सहमति गरे संशोधनको विपक्षमा मतदान गर्ने बताउनुभयो ।

ुराष्ट्रिय हित विपरित संविधान संशोधनको प्रयास गरिए कांग्रेसका अधिकांश सांसदले विपक्षमा मतदान गर्छौं।’ उहाँले भन्नुभयो। अहिलेकै संविधानमा भएअनुसारको ७ प्रदेशको सीमाना राम्रो भएको भन्दै कोइरालाले सीमाना हेरफेरले लामो समयसम्म संविधान कार्यान्वयनमा अबरोध खडा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशको अनुभव नै नगरी अहिल्यै सीमाना हेरफेर गर्न जरुरी छैन ।’ पहिले संविधानअनुसार ७ प्रदेशलाई कार्यान्वयनमा ल्याउनु पर्ने त्यपछि सीमाना हेरफेर गर्नु पर्ने आवश्यक्ता देखिएमा हेरफेर गर्न सकिने उहाँको धारणा छ ।

उहाँले पार्टी नेतृत्व ज्यादै कमजोर भएको र सभापति देउवाले संगठनलाई बलियो बनाउनुको सट्टा झन कमजोर बनाएको आरोप लगाइन् । हिजो मात्रै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफुहरुसँगको सरसल्लाह विना सभापतिले संविधान संशोधन गर्न लागेको बताउँदै कडा आपत्ति जनाएको छ ।