गैरआवासीय नेपाली संघको खुल्ला विश्वविद्यालय सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता
काठमाडौँ । नेपाली तथा गैरआवासीय नेपाली युवाको गुणस्तरीय तथा व्यवसायिक शिक्षामा पहुँच बढाउन गैरआवासीय नेपाली संघले खुल्ला विश्वविद्यालय सञ्चालनमा ल्याउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् नेपाल र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको नेपाली युवाको अन्तर्राष्ट्रिय सम्मेलन पछि बोडे–घोषणापत्र जारी गर्दै संघले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । असोज १५ र १६ गते दुई दिनसम्म ‘युवामा सामाजिक उद्यमशीलताको बिकासः उद्यमशिलता नै देश निर्माणको आधार’ भन्ने मुल नारासहित चलेको सम्मेलनले गुणस्तरीय तथा व्यावसायिक शिक्षामा जोड दिने भएको छ ।
त्यसैगरी गैरआवासीय नेपालीका सन्ततीहरुलाई नेपाली भाषा, कला, सस्कृतिसँग परिचित गराई भाषा संस्कृतिको जगेर्ना र्गन राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख छ ।
घोषणापत्रमा नेपाली समाजमा विद्यमान परम्परागत ज्ञान, सीप र प्रविधिलाई तालिम र औपचारिक शिक्षासँग जोड्न नेपाल सरकार र सम्वद्ध निकायसंग राष्ट्रिय युवा परिषद्ले पहल गर्ने युवामा उद्यमशीलता, विकास र रोजगार सिर्जनाका लागि गैरआवासीय नेपाली संघबाट लघुवित्त कार्यक्रम स्थापनाको सम्भाव्यता अध्ययन गरी नेपाली र वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालमै स्वरोजगार र उद्यमशीलताका लागि राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने कुरा पनि उल्लेख छ ।
घोषणापत्रमा यस वर्ष स्थापना हुने युवा विप्रेषण तथा सामाजिक सुरक्षा कोषमा गैरआवासीय नेपालीका तर्पmबाट समेत आर्थिक सहयोग गर्ने, युवा, रोजगार, उद्यमशीलता, सिप विकास र गरिवी निवारण विषयमा प्रस्तुत कार्यक्रममा समावेश भएका परियोजनाहरुलाई राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघको साझेदारीमा प्रत्येक प्रदेशमा कम्तिमा १÷१ वटा प्रविधि प्रयोग गरी नमूना परियोजना सञ्चालनमा ल्याउने जस्ता कुरा पनि उल्लेख गरिको छ । वैदेशिक रोजगारीमा जाने युवा र विशेष गरी महिला श्रमिकलाई यौन तथा प्रजनन स्वास्थ्य र संक्रामक रोगका बारेमा राष्ट्रिय युवा परिषद् मार्पmत् सूचना प्रवाह गर्ने , राष्ट्रिय युवा परिषद्ले रोजगारी प्रवर्दनका लागि प्रत्येक प्रदेशमा सञ्चालन गर्ने १÷१ वटा मेगा परियोजनाको स्थापना र सञ्चालन गैरआवासीय नेपालीहरु सहितको साझेदारीमा गर्ने कुरा पनि उल्लेख छ ।