कांग्रेस र माओवादी भारतको दानापानीमा चलेः ईश्वर पोखरेल

maitrinews

 

??????????????????????????????????????????????????????????
काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले गठबन्धनका नाममा कांग्रेस र माओवादीले गरेको तमासाले समस्या भएको बताउनु भएको छ । ‘गठबन्धनले तमासा देखाए पनि एमालेले देशका एजेण्डालाई तलमाथि हुन दिदैँन,’ उहाँले भन्नुभयो । उहाँले आस र त्रासको धम्कीले सरकार ढलेको भन्दै एमाले कुनै एक देशको आड लागेर बस्न नसक्ने पनि दाबी गर्नुभयो । उहाँले अहिले अनुहार नेपाली भएका तर अरु देशको वोलवाल भएकाले समस्या सिर्जना गरेको पनि दाबी गरे । संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्ने बताउनुभयो । संविधान सहमतिको दस्तावेज भएको भन्दै उहाँले दलहरुले संविधान संशोधनमा पुर्नविचार गर्नुपर्ने जिकिर समेत गर्नुभयो । ‘संविधान जसरी पनि जारी गर्नुपर्ने भएकाले हामीले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति गर्न बाध्य भएका हौँ,’ पोख्रेलले नेकपा एमाले काठमाडौँ ४ नम्बर वडा कमिटीले दसैँ, तिहार, छठलगायतका पर्वहरुको अवसरमा आयोजना गरेको चियापान कार्याक्रममा भन्नुभयो ‘एमाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा छ ।’
पछिल्लो समय सरकार ढाल्ने र बनाउँने मात्र खेल हुनको पछाडि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नहुनु र निर्वाचन प्रणालीमा देखिएको कमजोरीले नै भएको पनि उहाँले दाबी गर्नुभयो । ‘समानुपातिक निर्वाचन प्रणालीले गर्दा एक पार्टीले मात्र बहुमत ल्याउने र सरकार चलाउँने अवस्था नभएकाले पनि समस्या भएको छ,’ उहाँले भन्नुभयो ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था भएन भने सरकार ढाल्ने र बनाउँने खेल दीर्घकालिन समस्याका रुपमा देखा पर्छ ।’ उहाँले पुरानो शासकीय प्रणाली बदल्नै पर्ने दाबी गर्नुभयो । उहाँले अहिलेको शासकीय स्वरुप सरकार परिवर्तन गर्ने राजनीतिक अस्त्र मात्र भएको पनि आरोप पनि लगाउनुभयो । कार्यक्रममा बोल्दै पोख्रेलले भन्नुभयो ‘एमालेले सरकार छाडेपछि मोर्चा बदलिएको छ, मिसन बदलिएको छैन ।’

कार्यक्रममा बोल्दै पोख्रेलले छिमेकी मुलुक भारतको नाम नलिइ त्यतैतिर संकेत गर्दै गर्दै भन्नुभयो ‘‘अहिले अरुका दानापानीमा नेपालमा राजनीति गर्नेले गर्दा समस्या भएको छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रवादी भएको भन्दै अरुको दानापानी खानेले नै समस्या सिर्जना गरेको पनि दाबी गर्नुभयो माओवादी र कांग्रेसले भारतको दानपानीमा एमाले नेतृत्वको सरकार ढालेकोप्रति उहाँको संकेत थियो ।