हिलारी क्लिन्टनको इमेल विवादबारे थप अनुसन्धान नगरिने

 

न्युयोर्क । नवनिर्वाचितअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिलरी क्लिन्टनले विदेशमन्त्री हुँदा प्रयोग गरेको इमेल विवादबारे आफूले थप अनुसन्धान नगराउने बताउनुभएको छ।
द न्युयोर्क टाइम्सलाई विभिन्न विषयमा दिएको अन्तरवार्तामा उहाँले क्लिन्टन परिवारलाई थप चोट नपुर्याइ आफू अघि बढ्न चाहेको स्पष्ट पार्नुभयो।
चुनावी अभियानका क्रममा व्यक्त जलवायु परिवर्तन सम्बन्धी प्यारिस सम्झौताबारेको उहाँको धारणा पनि पहिले भन्दा केही नरम जस्तो देखिएको छ।
हिलरी क्लिन्टनले विदेशमन्त्री छँदा निजी सर्भरबाट इमेल पठाएकोमा कारबाही गर्ने धारणा चुनावी अभियानका क्रममा राखेका ट्रम्पले क्लिन्टनले दुख पाइसकेको भन्दै उहाँको परिवारलाई आफूले थप चोट नपुर्याउने बताउनुभयो।