बेलायती सांसद कक्सको हत्यारालाई आजीवन काराबासको सजाय

maitrinews

लण्डन । ब्रिटेनको एउटा अदालतले विपक्षी लेबर दलका सांसद जो कक्सको हत्या गरेकोमा एकजना मानिसलाई आजीवन कारावासको सजाय सुनाएको छ।
५३ वर्षीय माएरले उत्तरी इंग्ल्यान्ड स्थित वेस्ट योर्कशायरको बर्स्टलमा कक्सको आफ्नो निर्वाचन क्षेत्रमा “ब्रिटेन पहिले” भनेर चिच्याउँदै कक्सलाई गोली हानेका थिए र धारिलो हतियारले प्रहार गरेका थिए।
त्यो घटना गत जुन महिनाको १६ तारिखमा ब्रिटेनले युरोपेली संघ छोड्ने विषयको जनमतसंग्रह हुनुभन्दा केही समय अघि भएको थियो।
विवाहित र २ सन्तानकी आमा कक्स ब्रिटेन युरोपेली संघ मै रहनुपर्छ भन्ने पक्षकी प्रखर समर्थक हुनुहुन्थ्यो ।
माएरले आफु दोषी भएको वा नभएको बारे कुनै बयान दिएनन् र आफ्नो बचाउमा कुनै प्रमाण प्रस्तुत गरेनन्।
फैसला सुनाइनु भन्दा अगाडि माएरले अदालतमा बोल्ने अनुमति मागेका थिए तर उनले त्यस्तो अवसर पहिले नै पाइकेको भन्दै न्यायाधीशले उनको अनुरोध अस्वीकार गरे।
न्यायाधीशले फैसला सुनाइरहँदा माएर भावशून्य देखिन्थे।
न्यायाधीश जस्टिस विल्कीले त्यो हत्या श्वेत जातिको सर्वोच्चता स्थापना गर्ने हिंसात्मक अभियानसंग सम्बन्धित रहेको बताउनुभयो।