महाकालीको ७८ प्रतिशत पानी भारतमा लैजाने गरी भारतव्दारा डीपीआर तयार, प्रचण्डले खुट्टा कमाउने खतरा

maitrinews

काठमाडौः महाकाली नदी साझा हो पानी आधा आधा हो भनेर नेपालीहरुले नारा लगाए पनि भारतले महाकाली सन्धि विपरीत महाकाली नदीको लगभग सम्पूर्ण पानीमा आफ्नो कब्जा हुने गरी पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ प्रस्ताव गरेको छ । भारतको प्रस्तावलाई नेपालले स्वीकार गरे महाकाली नदीको ७८ प्रतिशत पानी भारतले र बाँकी मात्रै नेपालले प्राप्त गर्नेछ । भारतले आफ्नो आफ्नो प्रस्ताव पारित गराउन प्रचण्डमाथि दवाव दिएको छ । प्रचण्डले खुट्टा कमाएर अडान छाडे नेपालले आधा पानी पाउने अधिकार गुमाउने छ ।
बहुचर्चित महाकाली सन्धिमा ‘नदी साझा र पानी आधा–आधा पनि भारतले डीपीआरको मस्यौदामा ‘तल्लो शारदामा पहिलेदेखि नै पानी उपयोग गरिरहेकाले त्यो कटाएर मात्र नेपालले पानी पाउनेु उल्लेख गरेको छ ।
भारतीय सरकारी परामर्शदाता कम्पनी वापकोसले ६ महिनाअघि तयार पारेको उक्त मस्यौदा डीपीआरको अध्ययन गरी निक्र्योलमा पुग्न पञ्चेश्वर विकास प्राधिकरणले दुवै देशलाई उपलब्ध गराएको थियो ।
भारतको प्रस्तावलाई नेपालले सहजै स्वीकार गरे महाकाली नदीको २२ प्रतिशत पानी मात्रै नेपालले प्राप्त गर्नेछ ।
नेपाल र भारतबीच २०५२ माघ २९ मा सम्पन्न महाकाली सन्धिअनुसार पञ्चेश्वर आयोजनापछि टनकपुर ब्यारेजमा नियन्त्रणमा आउने कुल सात सय २६ क्युसेक पानीमध्ये नेपालले तीन सय ५८ क्युसेक पानी पाउनुपर्छ । सन्धिमा उल्लेख भएको ‘पानी आधा–आधाु को सिद्धान्तअनुसार भारतले पनि तीन सय ५८ क्युसेक पानी पाउँछ । तर उसले तीन सय २६ क्युसेक पानी लैजाने क्षमता भएको नहरबाट हाल दुई सय ४८ क्युसेक पानी लिइरहेको छ भने नेपाललाई जम्मा ३८।३५ क्युसेक दिइरहेको छ ।