क्युवाका पूर्व राष्ट्रपति क्यास्ट्रोको निधनमा शोक मनाइँदै

हवाना । क्युबाका पूर्व राष्ट्रपति फिडेल काष्ट्रोको निधनमा शोक मनाइँदै छ । उहाँको ९० वर्षको उमेरमा शुक्रकार राति निधन भएको हो ।
उहाँका भाइ समेत रहेका वर्तमान राष्ट्रपति राउलले क्यास्ट्रोको निधन भएको घोषणा गर्नुभएको थियो। उहाँको निधनप्रति विश्वका नेताहरुले समवेदना प्रकट गरेका छन् । सरकारले उहाँको निधनमा राष्ट्रिय शोकको घोषणा गरेको छ ।
उहाँले वामपन्थी आन्दोलनका प्रमुख कमाण्डरुको निधन भएको बताउनुभयो । ।
काष्ट्रोको स्वास्थ्यबारे चिन्ताहरु व्यक्त भइरहँदा पछिल्लोपटक गत अगस्टमा उहाँ सार्वजनिक रुपमा देखिनुभएको थियो।
आफ्ना भाइ राउल काष्ट्रोलाई सन् २००८ मा सत्ता हस्तान्तरण गर्नुअघि झण्डै आधा दशक उहाँले शासन गर्नुभएको थियो ।