कमल थापालाई उपप्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव, राप्रपा संसदीय दलको नेतामा थापा निर्विरोध निर्वाचित

काठमाडौं । संविधान संशोधनका लागि संसद्को दुई तिहाइ मत पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गर्नुभएको छ । प्रमुख प्रतिपक्षी एमाले संशोधनमा सहभागी नहुने भएपछि राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहितको सम्मानजनक जिम्मेवारी दिएर संशोधनका लागि दुई तिहाइ पुर्याउने प्रधानमन्त्रीको प्रयास छ ।
प्रधानमन्त्रीको आग्रहबारे अध्यक्ष थापाले आधिकारिक निर्णय गर्नुभएको छैन । केही दिनअघिमात्र एकीकरण भएको पार्टीमा
प्रधानमन्त्री दाहालले अनौपचारिक रूपमा उपप्रधानमन्त्रीसहित परराष्ट्र वा स्थानीय विकासमध्ये एक मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेको स्रोतले बतायो । हाल परराष्ट्र मन्त्रालयको नेतृत्व कांग्रेस नेता डा।प्रकाशशरण महत र स्थानीय विकास मन्त्रालयको नेतृत्व माओवादी केन्द्रका नेता हितराज पाण्डेले गरिरहेका छन् ।
राप्रपा संसदीय दलको नेतामा कमल थापा निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले उहाँलाई निर्विरोध निर्वाचित गरेको हो ।