मध्यदक्षिणपन्थीकातर्फबाट फिलोन फ्रान्सको राष्ट्रपति उम्मेदवार

 

पेरिस । फ्रान्समा आगामी वर्षको राष्ट्रपति निर्वाचनका लागि पूर्व प्रधानमन्त्री फ्रास्वाँ फिलोन मध्यदक्षिणपन्थीहरुका उम्मेदवार चुनिनुभएको छ । ।
पार्टीभित्र भएको चुनावमा उहाँले आफ्ना प्रतिद्वन्द्वी अर्का पूर्व प्रधानमन्त्री एलाँ जुपेलाई पराजित गर्नुभएको हो।
सबै मतहरु लगभग गणना भइसक्दा त्यसमध्ये फिलोनले ६७ प्रतिशत मत पाउनुभएको छ ।
वाचा
उहाँका प्रतिद्वन्द्वी अर्को पूर्व प्रधानमन्त्री जुपेले हार स्वीकारिसक्नुभएको छ । र फिलोनलाई राष्ट्रपति दौडमा सघाउने वाचा गर्नुभएको छ ।

फिलोनले आफूले थप निष्पक्ष समाज बनाउन चाहेको बताउनुभएको छ।
आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै फियोले देशमा आमूल परिवर्तन ल्याउने वाचा पनि गर्नुभयो।