पूर्वी अलेप्पो शहर सरकारी नियन्त्रणमा, हजारौँ मानिस भागाभाग

 

अलेप्पो । सिरियामा विद्रोही नियन्त्रणमा रहेको पूर्वी अलेप्पो शहरको ठूलो हिस्सा सरकारी सेनाले पुनः आफ्नो कब्जामा लिएका बताइएको छ।
निरन्तरको गहन आक्रमण पछि सिरियाली विद्रोही लडाकुहरु तिनीहरुले लामो समयदेखि कब्जामा लिएका स्थानहरुबाट लखेटिएका पर्यवेक्षकहरुले बताएका छन्।
अभियानकर्ताहरुले विद्रोहीहरुले लगभग सम्पूर्ण रुपमा नै उत्तरी वस्तीमाथिको नियन्त्रण गुमाएको हुन सक्ने बताए।
संघर्ष चर्किरहंदा, त्यहांबाट हजारौं गैरसैनिकहरु भागीरहेका र कतिपय कुर्द लडाकुहरुको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश गरेका बताइएको छ।
पर्यवेक्षकहरुले सिरियाली सरकारी सैन्यले पूर्वी अलेप्पोमा पहिले विद्रोही नियन्त्रणमा रहेका एक तिहाई भूभागमा पुनः कब्जा जनाएको बताएका छन्।
चर्को हवाइ बम हमला पछि राष्ट्रपति बसर अल असद समर्थक सैन्य अघि बढ्दा विद्रोहीहरुका लागि यो ठूलो क्षति भएको बताइएको छ।