विमान दुर्घटनामा फुटबल टोलीसहित ७५ जनाको ज्यान गएकोमा ब्राजिलमा तीनदिने राष्ट्रिय शोक

ब्राजिल । कोलम्बियामा भएको विमान दुर्घटनामा ब्राजिलको फुटबल टोलीसहित ७५ जानको ज्यान गएकोमा तीनदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । सो घटनामा ६ जना बाच्न सफल भएको कोलम्बियाली अधिकारीहरुले बताएका छन्।
ब्रजिलको श्यापेकोएन्सी क्लबका खेलाडीहरु कोपा सुदअमेरिकानाको फाइनल म्याच खेल्ने तयारीमा थिए।
मेदेइन शहरमा अवतरणको तयारीमा रहेको विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ८१ जना मध्ये धेरैको ज्यान गएको छ।
चार्टर गरिएको अर्थात भाडामा लिइएको सो विमानमा चालकदल, ब्रजिलको श्यापेकोएन्सी क्लबका खेलाडी र पत्रकारहरु सवार थिए।