पाँच नम्बर प्रदेश टुक्र्याउने संविधान संशोधन विधेयकविरुद्ध क्षेत्रीय आन्दोलन सुरु

काठमाडौँ । पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा चार र पाँच नम्बर प्रदेशमा आन्दोलन सुरु भएको छ । ती प्रदेशको सीमा फेरबदल गर्ने , टुक्र्याउने गरी ल्याइएको संशोधन विधेयक अनुचित र अव्यवहारिक भएको भन्दै आज विहानैदेखि ती प्रदेशमा विरोध प्रदर्शन, पसल तथा यातायात बन्द गरिएको छ ।

अर्घाखाँची जिल्ला अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । गुुल्मी जिल्ला पनि बन्द गरिएको छ भने १८ पाल्पा बन्दको आह्वान गरिएको छ । बुटबलमा विरोध प्रदर्शन भइरहेको छ त्यहाँ चक्राजाम गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अगुवाइमा आन्दोलन सुरु भएको हो ।
एमाले संसदीय दलको बैठकले संसद् चल्न नदिने निर्णय गरेको छ ।