नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पव्दारा आफ्नो व्यवसाय छोड्ने घोषणा

न्युयोर्क । राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफु राष्ट्रपतीय जिम्मेवारीमा केन्द्रित रहन र स्वार्थ बाझिन सक्ने संभावना रोक्न आफ्नो व्यवसाय पूर्ण रुपमा छोड्ने घोषणा गरेका छन्।
डिसेम्बर महिनामा उनले आफ्ना छोराछोरीसहित योजनाको विस्तृत विवरण प्रेस सम्मेलन मार्फत दिने बताएका छन्।
राष्ट्रपति निर्वाचित ट्रम्पले सामाजिक सञ्जाल ट्वीट मार्फत उक्त घोषणा गरेका हुन्।
ट्वीटमा भनिएको छ, ुडिसेम्बर १५का दिन म न्यू योर्क शहरमा मेरा बच्चाहरु सहित ठूलो प्रेस सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सचालनमा म केन्द्रित रहन सकुँ र अमेरिकालाई फेरि महान बनाउन सकुँ।ु