राष्ट्रपति भण्डारीद्वारा आज सर्वदलीय बैठक आह्वान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आज छलफलका लागि बोलाउनुभएको छ ।
नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले छलफलका लागि आइतबार ४ बजे अगाडि शीतलनिवास आउन फोनमार्फत बोलावट भएको जानकारी दिनुभयो ।